बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कतार नेपाली एकता समाजको पदाधिकारी परिवर्तन

दैनिक नेपाल २०७७ कार्तिक ३० गते २१:२१

दोहा (कतार) । कतार नेपाली एकता समाजको पदाधिकारी परिवर्तन गरिएको छ ।

समाजको शुक्रबार बसेको केन्द्रीय समितिको सातौं पूर्ण बैठकले कार्यवाहक अध्यक्ष विष्णु थापा क्षेत्रीलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

कोरोनाबाट प्रत्यक्ष प्रभावित बनेका समाजका अध्यक्ष हेमन्त वाईवा नेपालबाट कतार नफर्किने भएपछि क्षत्रीलाई अध्यक्षको जिम्मेवारी दिइएको समाजले बताएको छ ।

यस्तै प्रथम उपाध्यक्षमा राम ईन्दल थिङ, कोषाध्यक्षमा लक्ष्मण कोईराला र सचिवको जिम्मेवारी रामप्रसाद पराजुलीलाई दिइएको छ । त्यसैगरी महासचिव खिम बुढा मगर, द्धितीय उपाध्यक्ष अमिना खान र अन्य केन्द्रीय सदस्यहरु यथावत रहने निर्णय भएको समाजले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

साथै उक्त बैठकबाट ५ सदस्सीय सचिवालय समेत गठन गरिएको छ ।

– उद्धव मगर

प्रतिक्रिया
सम्बन्धित