
काठमाडौँ, ३० कात्तिक । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेललेसरकारले धेरै राम्रो काम गरेको हुँदा अन्य एशियन मुलुकको तुलनामा कोरोनाबाट मृत्यु हुनेको मृत्यु दर सबैभन्दा कम रहेको बताएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित राप्ती शान्ति उद्यानमा आइतबार बुद्ध मुर्ति अनावरण कार्यक्रममा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
उनले सरकारले थुप्रै राम्रो काम गरेको भए पनि मिडियाहरुमा नराम्रा कुराको मात्रै प्रचार हुने गरेको जिकिर गरे ।
उनले गत ३ वर्षमा उच्च आर्थिक वृद्धिदर भएको समेत उल्लेख गरे ।
केही लाभ पाइने आशमा सरकार फेर्नतिर केही नेताहरुले ध्यान दिएको उनले आरोप लगाए ।
पोखरेलले भने ‘नौ नौ महिना, दश दश महिनामा सरकार फेर्न बानी परेका नेताजीहरुलाई सरकार फेर्न मन लाग्छ । त्यसरी फेर्दा केही पाइन्छ कि भन्ने हुन्छ ।’
उनले यतिखेर मुलुकमा सरकारको परिवर्तन नभई स्थायित्व आवश्यकता रहेको बताए । सरकार परिवर्तन भइरहनु देश र जनतालाई फाइदा नहुने उनको तर्क छ ।
शान्ति पार्कमा झन्डै २८ लाखको लागतमा बुद्ध मुर्ति स्थापनापछि त्यसको आज अनावर गरिएको हो ।















प्रतिक्रिया