मुम्बई । बलिउड नायक अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ डिज्नी प्लस हटस्टारमा सोमबार रिलिज भएको छ । फिल्ममा अक्षय कुमार र कियारा आडवाणी मुख्य भूमिकामा देखिएका छन् ।
लक्ष्मी फिल्मको धेरै चर्चा भएको थियो । फिल्म रिलिज भएपछि भने यसले खासै राम्रो प्रतिक्रिया पाएन । फिल्मका लागि मानिसहरूले जति लामो प्रतीक्षा गरेका थिए दर्शकको प्रतिक्रिया त्यस्तो पाइएको छैन ।
मानिसहरू ट्वीटरमा फिल्मका लागि रोचक मिम्स सेयर गरिरहेका छन् । आफ्ना रिभ्यू दिइरहेका छन् । फिल्म समीक्षक तरण आदर्शलाई विश्वास गर्ने हो भने फिल्म पूर्ण रुपमा निराशाजनक छ । तरणले फिल्मलाई पाँचमध्ये दुई स्टार मात्रै दिएका छन् र कहानीलाई कमजोर बताएका छन् ।
फिल्म रिलिज अगाडि अक्षय कुमारको लक्ष्मीले केही विवादको सामना गर्नुपरेको थियो । शुरुमा फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो । एउटा समुदायले लक्ष्मी पछाडि बम राखेकोमा आपत्ति जताउँदा फिल्मको नामबाट बम शब्द हटाउने निर्णय गरिएको थियो ।















प्रतिक्रिया