मुम्बई । बलिउड नायिका दीपिका पादुकोण फिल्म इन्डष्ट्रिकी सबैभन्दा चर्चित छिन् । दीपिका सबैको प्रिय र धेरै कमाउने नायिकामध्ये पर्छिन् । टेनिस खेलाडी दीपिकाले अभिनयलाई आफ्नो करियरको रुपमा अपनाइन् ।
दीपिका बलिउडमा प्रवेश गरेको १३ वर्ष भइसकेको छ । आफ्नो अभिनय र मिहिनतको दममा नायिकाले यो स्थान ओगटेकी छिन् । दीपिकाले सन् २००६ मा फिल्मी दुनियाँमा कदम राखेकी थिइन् । दीपिकाले कन्नड फिल्म ‘ऐश्वर्या’बाट आफ्नो अभिनयको डेब्यू गरिन् । फिल्ममा उनी नायक उपेन्द्रको नायिका भएर देखिएकी थिइन् ।
फिल्म निकै राम्रो चल्यो । दीपिकाले फिल्मबाट पहिचान पाउन सकिनन् । दीपिकाले पहिचान पाइन् फराह खानको फिल्म ‘ओम शान्ति ओम’मार्फत् । यो फिल्म सन् २००७ मा रिलिज भएको थियो । फिल्म रिलिज भएको १३ वर्ष पुगेको छ ।
९ नोभेम्बर सन् २००७ मा ठूलो पर्दामा रिलिज भएको यो फिल्ममा दीपिका, शाहरुख खान मुख्य भूमिकामा थिए । शाहरूख खानले दीपिकालाई यो फिल्ममार्फत् बलिउडमा लञ्च गरेका थिए ।
ओम शान्ति ओममा दीपिकाले शाहरूखकी प्रेमिकाको भूमिका निभाएकी थिइन् जसलाई दर्शकले रुचाएका थिए । मानिसहरूले दीपिकाको सुन्दरताका साथै उनको अभिनयको पनि निकै तारिफ गरेका छन् ।
शाहरूख र दीपिकाको जोडी निकै हिट भयो । यतिमात्रै होइन, यो फिल्मका लागि दीपिकाले बेस्ट डेब्यू फिमेल क्याटगोरीमा फिल्म फेयर अवार्ड पनि पाएकी थिइन् ।















प्रतिक्रिया