३ कार्तिक २०८३, मंगलबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा तिहार गीतमार्फत शुभकमना व्यक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तिहारको शुभकामना गीतबाट दिएको छ ।

हिन्दुहरूको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकुन् भनेर नेपाल लाइफको इनहाउस टिमले संगीत संयोजन गरी शुभकामना गीत तयार गरेको हो । म्युजिक भिडियोमार्फत उत्कृष्ठ पस्कने प्रयास कम्पनीले गरेको छ ।

स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिनेछ ।

शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ ।

तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको शब्द रहेका छन । मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा स्वर दिएका छन् ।

शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । एरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।

आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ ।

https://www.youtube.com/watch?v=qqdZOxcL4gg&feature=emb_title