९ कार्तिक २०८३, सोमबार

परिचयपत्र छपाइको काम समयमै सक्न गृहमन्त्रीको निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन्

सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य राखेको छ । गृह मन्त्रालयमा आज राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारी लक्ष्य पुरा गर्ने गरी कर्ययोजना बनाएर लागू गर्नसमेत आग्रह गरे ।

उनले भने, “तीन वर्षभित्र सबैलाई परिचयपत्र वितरण गरिसक्ने हाम्रो लक्ष्य हो, एक वर्ष सकिन लाग्यो अबको बाँकी समयमा सबै काम सम्पन्न गर्नुहोस् ।”

मन्त्री थापाले सूचना प्रविधिको भरपुर उपयोग गरी कार्य अघि बढाउन कर्मचारीलाई आग्रह गरे । उक्त कार्यक्रममा अनलाइनमार्फत देशभरबाट प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता थियो । –रासस