
काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ ।
त्यस्तै, सरकारले उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको ५० प्रतिशत तलब पनि कोषमा जम्मा हुने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले २०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने बताए ।















प्रतिक्रिया