९ कार्तिक २०८३, सोमबार

बिहीबार थप १९ सय १३ मा कोरोना पुष्टि, २३ सय ४९ जना निको

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ कात्तिक । नेपालमा थप १ हजार ९ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ रहेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ३ सय ४९ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार १ सय ८९ जना पुगेको छ ।