९ कार्तिक २०८३, सोमबार

४ हजार ६८४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ कात्तिक । पछिल्लो समय देशभर कोरोनाभाइरसको संक्रमण फैलिएसँगै स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण बढेको छ ।

फ्रन्टलाइनमा सक्रिय सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यररत स्वास्थ्यकर्मी तथा चिकित्सक, नर्स र अन्य कर्मचारीमा संक्रमण बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा कार्यररत ४ हजार ६ सय ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।
७७ जिल्ला मध्ये हालसम्म ६८ जिल्लामा कार्यररत स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस कोभिड—१९ को संक्रमण भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै २ हजार २ सय ७६ जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना परीक्षण गर्ने प्रयोगशाला, कोभिड अस्पताल तथा अन्य रोगको उपचार गर्ने अस्पताल, कन्ट्याक्ट ट्रेसिङ गर्दा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, होम आइसोलेशन, क्वारेन्टिनमा कार्यररत स्वास्थ्यकर्मीहरुमा संक्रमण दर बढ्दै गएको छ ।