
काठमाडौँ, २६ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
केही दिनदेखि स्वास्थ्यमा समस्या आएको उनको वुधबार कोरोना पोजेटिभ देखिएको हो ।
हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अहिले सामान्य रहेको बताइएको छ ।
करिब एक महिनादेखि भैरहवामा रहँदै आएका केसीलाई ज्वरो रुघाखोकी लागेपछि त्यहीँ गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको थियो ।
मंगलबार काठमाडौँ आएको उनको परीक्षण गराउँदा पोजेटिभ आएको हो ।















प्रतिक्रिया