
काठमाडौँ, २६ कात्तिक । फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा ४ जनालाई काठमाडौँका विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नुबाकोट ककनी गाउँपालिका २ ठेगाना भएका ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछाप सुनापती गाउँपालिका ३ ठेगाना भएका ३१ वर्षीय रामदल श्रेष्ठ(अटल), काभ्रे तिमाल गाउँपालिका ५ ठेगाना भएका ५२ वर्षीय तिर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका १३ ठेगाना भएका ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन् ।
काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ भनि ३ करोड चन्दा माग गरेको तथा माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिँदै व्यवसायीहरुको कार्यरत र वसोबास गर्ने स्थानमा निगरानी गरी जबरजस्ती रकम माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर आपराधिक लाभ लिन नहुने कसुर मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।















प्रतिक्रिया