९ कार्तिक २०८३, सोमबार

करिब ४ किलो अफिम र चितुवाको छालासहित २ पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । प्रहरीले दाङमा चितुवाको छाला र लागुऔषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय मधु डाँगी र प्यूठान नौवहिनी गाउँपालिका–५ बस्ने २७ वर्षीय धनसिंह टमटा रहेका दाङका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

दाङको घोरही उपमहानगरपालिका–८ बनगाउँस्थित चितुवाको छाला र लागुऔषध अफिमको कारोबार भइरहेको छ भन्नेसूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ३ किलो ७५० ग्राम अफिम र पुच्छरसहितको चितुवाको छाला बरामद भएको एसपी चन्दले बताए ।

उनीहरूमाथि अवैध रूपमा लागुऔषध तथा वन्यजन्तुको छाला ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । चितुवाको लम्बाई ६ फिट ११ इन्च लामो रहेको र उनीहरुलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।