शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनाविरुद्धकाे पहिलो खोप तयार, ९० प्रतिशत सुरक्षित

दैनिक नेपाल २०७७ कार्तिक २५ गते ७:१८

लन्डन । कोरोना भाइरसविरुद्ध पहिलो खोप तयार भएको छ । विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै बेलायतका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्।

खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

खोपको विकास गर्ने बेलायती कम्पनीहरू फाइजर र बायोएनटेकले तयार पारेका खोप ६ देशका ४३ हजार ५ सय जनामा परीक्षण गरिएको थियो ।

त्यसले प्रभावकारी काम गरेको थियो । सुरक्षासम्बन्धी कुनै किसिमको समस्या आएको थिएन । ती कम्पनी सक्दो छिटो खोपलाई विश्व बजारमा पुर्‍याउन चाहन्छन् ।

त्यसका लागि यो महिना (नोभेम्बर) अन्त्यसम्म यसको प्रयोगका लागि आवश्यक अनुमति पाउन आवेदन दिने योजना बनाएका छन् ।

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रक्रिया अपनाएको छ । यसले रोगप्रतिरोधी क्षमता बढाएर कोरोना भाइरसविरुद्ध लड्न मद्दत गर्छ । त्यसका लागि उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरीरमा प्रवेश गराइन्छ ।

खोपले एन्टिबडी र टि–सेल बनाउन सहयोग गर्छ । तीन साताभित्र उक्त खोप दुई मात्रा लगाउनुपर्छ । यो खोप अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा परीक्षण गरिएको थियो। यसको दोस्रो मात्रा दिइएको सात दिनपछि ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित