९ कार्तिक २०८३, सोमबार

ढुङ्गा प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काभ्रे, २२ कात्तिक । रोशी गाउँपालिका ११ भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिसुङ्खेले स्थानीय ५५ वर्षीय खड्ग बहादुर नेपालीलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको र सन्तोषले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका बिसुङ्खेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते खड्ग बहादुरलाई उपचारको लागि हेम्स अस्पताल काठमाडौँ लगिएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।