९ कार्तिक २०८३, सोमबार

सबैलाई समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्थाको माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ कात्तिक । नेपाल बाल सङ्गठनले बालबालिकालाई समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था गनुपर्ने माग गरेको छ ।

सङ्गठनले आज पत्रकार सम्मेलन गरी धनी र गरिब वा सबै बालबालिकालाई समान शिक्षा हुने नीति बनएर व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने सरकारसँग माग गरेको हो ।

सङ्गठनले मानसिक तथा शारीरिक आपाङ्गता भएका बालबालिकाका लागि उचित व्यवस्था गर्न सरकार तथा स्थानीय सरकारसँग आग्रहसमेत गरेको छ ।

सङ्गठनले बालगृहको अवस्था पुनरावलोकन गरी अत्यावश्यक सुधारका साथै बालमैत्री अवधारणाको विकास र आमा, बाबु तथा अभिभावक भएका बालबालिकालाई उनीहरुकै घरमा पुनर्मिलन गराउने तथा व्यवस्था गर्न पहल गर्ने भएको छ ।

सम्मेलनमा अध्यक्ष विद्या उपाध्यायले सङ्गठनले उमेर नाघेका तथा वयस्क भएका गृहमा संरक्षितको अन्यत्र उचित व्यवस्थापनका लागि पहल गर्ने बताइन् । सङ्गठनले केन्द्रिय स्तरमा अन्र्तराष्ट्रियस्तरको सुविधासम्पन्न बालग्राम निर्माण गर्ने योजना अघि सारेको छ । –रासस