९ कार्तिक २०८३, सोमबार

चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २२ कात्तिक । चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको छ ।

शनिबार दिउँसो रत्ननगर नगरपालिका ६ स्थित जंगलमा चराउने क्रममा हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्यु हुनेमा रौतहटको चन्दपुर गैडाटार घर भएका ३३ वर्षीय माउते हंसराज कुँवर रहेका छन् । राष्टिय प्रकृति संरक्षण कोषले पाल्दै आएको हात्तीले माउते कुँवरमाथि आक्रमण गरेको हो ।

हात्तीले आक्रमण गरेको स्थान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्छ ।