९ कार्तिक २०८३, सोमबार

थप २२ सय ६ जना कोरोनामुक्त, १ लाख ५५ हजार बढी निको

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ कात्तिक । नेपालमा गत २४ घण्टामा थप २ हजार २ सय ६ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

योसहित निको हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ ।

शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार ८७ जना पुगेको छ ।