मुम्बई । बलिउड नायिका नुसरत भरुचा हमेसा आफ्नो फरक लुक्सका कारणले चर्चामा छाउने गर्दछिन् । अवार्ड शो होस् वा अरु केही– उनी हरेक लुक्सले फ्यानका दिल जित्ने गर्दछिन् ।
हालै पनि उनले इस्टाग्राममा केही तस्बिर शेयर गरेकी छन् । तस्बिरमा मनीष मल्होत्राले डिजाइन गरेको ड्रेस सेतो रंगको लेहेङ्गा लगाएकी छन् । लेहेङ्गाको साथमा उनले सेतो रंगकै ब्लाउज म्याच गराएकी छन् ।
यो ड्रेसमा उनी निकै बोल्ड देखिएकी छन् । ड्रेसको साथमा उनले मिनिमल मेकअप र ओपन हेयर्सले आफ्नो लुक्सलाई ‘पर्फेक्ट’ बनाएकी छन् । तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । फ्यानले उनको तस्बिरलाई निकै रुचाएका छन् ।
कामको कुरा गर्ने हो भने नुसरत छिट्टै राजकुमार रावका साथ फिल्म ‘छलांग’मा देखिँदैछिन् । यो एक सोशल कमेडी फिल्म हो । जुन हरियाणाको ग्रामिन परिवेशमा आधारित रहेर निर्माण भएको छ । फिल्म एमजोन प्राइम भिडियोमा १३ नोबेम्बर २०२० मा रिलिज हुँदैछ ।















प्रतिक्रिया