
काठमाडौँ, २१ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा माघ मसान्तसम्म थप १ लाख ४८ हजार जनामा कोरोना संक्रमण हुन सक्ने अनुमान गरेको छ ।
मन्त्रालयका सचिव लक्षण अर्यालले कात्तिकदेखि आगामी माघसम्म थप १ लाख ४८ हजार नयाँ संक्रमित थपिन सक्ने बताए ।
मन्त्रालयले दोस्रो फेजको लागि योजना बनाएर र अर्थ मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको जनाएको छ ।
त्यस्तै सचिव अर्यालले सरकारले एक्लै कोरोनाको उपचार गर्न नसक्ने बताए ।















प्रतिक्रिया