
काठमाडौँ, २१ कात्तिक । पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
कास्कीको गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ र गण्डकी मेडिकल कलेजमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन र बागलुङको जैमिनी नगरपालिकाका एकजना रहेका छन् ।
कात्तिक १४ गते कोरोना देखिएको पोखरा महानगरपालिका–१७ का ७५ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार राति १२ः१५ बजे पोखरा महानगरपालिकाकै एक महिने (३० दिने) शिशुको मृत्यु भएको छ । उनमा श्वासप्रश्वास तथा निमोनियाको समस्या थियो ।
यसैगरी पोखरा महानगरपालिका–१० का ५७ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै बुधबार राति ११ः३० बजे उपचारको क्रममा मृत्यु भएको हो । २ कात्तिकमा कोरोना पुष्टि भएका उनमा निमोनिया र हाइपरटेन्सन सम्बन्धी समस्या थियो ।
यसैगरी बागलुङको जैमिनी नगरपालिका–९ का कोरोना संक्रमित पुरूषको पनि उपचारको क्रममा प्रतिष्ठानमै वुधबार राति ८ः५० बजे मृत्यु भएको हो ।
कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएका उनीमा निमोनियासम्बन्धी समस्या पनि थियो ।















प्रतिक्रिया