९ कार्तिक २०८३, सोमबार

स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ कात्तिक । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका २ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुटवलबाट काठमाडौँ आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।