मुम्बई । बलिउड नायिका एवम् माेडल पूनम पाण्डेविरुद्ध गाेवा प्रहरीमा उजुरी दर्ता भएकाे छ ।
गोवा फरवर्ड पार्टीकी महिला विंगले पूनमविरुद्ध एफआइआर दर्ता गरेकी हुन् । पूनम हालै गोवाबाट सुटिङ गरेर मुम्बई फर्केकी छिन् । उनीमाथि चपोली ड्याममा अश्लील भिडियो सुट गरेको आरोप लागेको छ ।
पाण्डेको अश्लिल भिडियोको सुटिङका लागि केनाकोना पुलिस स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरिएको छ । साथै, गोवा फरवर्ड पार्टीको वुमेन विंगले पूनम पाण्डेविरुद्ध चपोली ड्याममा अश्लिल भिडियो सुट गरेका कारण ऊजुरी दर्ता गरेका छन् ।















प्रतिक्रिया