११ कार्तिक २०८३, बुधबार

नेकपाका कार्यकर्ताद्वारा मसाल जुलुस प्रदर्शन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हरिपूर्वा, २१ कात्तिक । सर्लाहीको हरिपूर्वा नगरपालिकामा भ्रष्टाचार भएको भन्दै नेकपा हरिपूर्वाले मसाल जुलुस प्रदर्शन गरेको छ ।

हरिपूर्वा नगरपालिका वडा नं. १ स्थित नयाँ बजारदेखि निकालिएको मसाल जुलुस नगर परिक्रमा गरी पुरानो बजारमा कोण सभामा परिणत भएको नेकपा हरिपूर्वाले जनाएको छ ।

हरिपूर्वा नगरपालिका पूर्ण कुषि प्रधान नगर भएपनि नगरपालिकामा कृषि प्रवद्र्धनको लागि कुनै किसिमको कार्य नभएको भन्दै नेकपा हरिपूर्वा नगर कमिटीले बिरोध प्रदर्शन गरेको नेकपा हरिपूर्वाले जनाएको छ ।

नगरपालिका भित्र शिक्षाको नाममा, कोरोना भाईरसको नाममा अत्यधिक भ्रष्टाचार भएको भन्दै पूर्व घोषित कार्यक्रम अन्तर्गत मसाल जुलुस प्रदर्शन गरेको नेकपा हरिपूर्वा नगर राजनैतिक सयन्त्र समितिका संयोजक बिकाउ यादवले बताए ।

बिगत ३ वर्ष देखिको विकास निर्माण कार्य पारदर्शी गर्न, नगरवासीहरुको माझ ल्याउन र विकास निर्माण सम्बन्धी कागज तथा सूचना माग्दा आफ्नो मागको सुनुवाई नभएकाले प्रदर्शन गर्नु परेकोसंयोजक यादवले बताए ।