११ कार्तिक २०८३, बुधबार

स्याङ्जा १११ जना फरार प्रतिवादीहरू पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, २० कात्तिक । स्याङ्जा जिल्लामा एकैदिन १११ जना फरार प्रतिवादीहरूलाई प्रहरीले  पक्राउ गरेको जनाएको छ ।

कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्रेर जिल्ला अदालतमा उपस्थित गराएको एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्याङ्जा थुमपोखरा घर भई नवलपरासीको सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, जबरजस्ती करणी मुद्दाका बालसिंह गुरुङ, जबर्जस्ती करणी उद्योगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न ३ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागु औषध मुद्दाका २ जना लगायतलाई पक्राउ गरिएको बोगटीले बताए ।

पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका मुद्दाका छन् ।