मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

प्रभु बैंकको नयाँ शाखा प्रगतिनगरमा

दैनिक नेपाल २०७७ कार्तिक २० गते ८:४६

काठमाडौं, २० कात्तिक । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा नवलपरासी (पूर्व) जिल्लाको देवचुली नगरपालिका–१५ स्थित प्रगतिनगरमा २११औँ शाखासञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि सेवा विस्तार गर्न सफल भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित