११ कार्तिक २०८३, बुधबार

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि लमही अस्पताल बन्द

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमही, १९ कात्तिक । दाङको लमही नगरपालिकास्थित लमही अस्पताल मंगलबारदेखि सात दिनलाई बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा न्द भएको जनाइको छ ।

अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको पिसिआर परीक्षण गर्नका लागि सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.आकाश बेल्बासेले जानकारी दिए ।

यसैगरी जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि लमही नगरपालिका कार्यालय बन्द गरिएको छ।

कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रमुख कुलबहादुर केसीले सूचनामार्फत जानकारी गराएका हुन् ।