२९ आश्विन २०८३, बिहिबार

यी हुन् ओलीविरुद्ध प्रचण्डका षडयन्त्रहरू

21.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रमेश आचार्य

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पछिल्लोपटक रचिएको षड्यन्त्र, जुन अहिले पर्दाफास हुँदैछ ।

(१)भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारतीय मन्त्रीमण्डल का सदस्य या प्रधानमन्त्रीको सल्लाहकार समुहका सदस्य बाट आगमन नगराई `र´अको प्रमुख सामान्त गोयलको आगमन गराउने र तिनीलाई केपी शर्मा ओलीले भेटेर सीमा समस्या, डुबान समस्या, ईपीजीको प्रतिवेदन लगायत नेपालको सार्वभौमसत्ता बारे के सन्देश पठाउनुभयो भन्ने चर्चा गर्नु भन्दा भेटलाई हाम्रो देशको विदेश नीतिविरुद्धको भेट भन्ने चर्चा चलाएर ओलीको राष्ट्रबादी छविलाई धमिलाई जनविश्वास गुमाईदिने ।

(२) कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्न शुरुमा केपी शर्मा ओली समूह भन्दा माधव नेपाल समूह सक्रिय भई केपी शर्मा ओली समुहले माधव नेपाल समुहलाई विश्वास गर्ने वातावरण बनाउने अन्त्यमा माधव नेपाल समुहले केपी शर्मा ओली समुहलाई धोका दिई प्रचण्ड समूहसँग सम्झौता गर्ने र प्रदेश सरकार ढाली अस्थिरताको झिल्को सल्काउन केपी शर्मा ओली लागेको भनी ढम्फु बजाई नेकपाका कार्यकर्तामा भ्रमको खेती गर्ने ।

(३)कार्यकारी अध्यक्षले मन्त्रीमण्डल हेरफेर, संवैधानिक नियुक्ति र राजदूत नियुक्तिका बारेमा बालुवाटारमा प्रधानमन्त्रीसँग पटकपटक छलफल गर्ने तर नाम नदिने अनि प्रधानमन्त्रीले आफ्नै समर्थक (गोकुल बास्कोटा, डा.युवराज खतिवडा र रामविर मानन्धर) ले चलाएको मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्दा प्रधानमन्त्री पार्टी निर्णयविरुद्ध जानुभयो, फेरि एकलौटी गर्न लाग्नुभयो भन्ने हल्ला चलाएर काममा अवरोध श्रृजना गरी सरकारको कामलाई प्रभावकारी बनाउन नदिने ।

(४) कार्यकारी अध्यक्षको नेतृत्वमा रअका प्रमुखसँग होटल सोल्टीको पछाडि पाण्डे थरका मान्छेको घरमा सामुहिक भेटघाट गरी कांग्रेस र जनता समाजबादी पार्टीसँग मिलेर २५ प्रतिशत सांसदको हस्ताक्षरमा संसदको विशेष अधिबेशन माग गरि अविश्वासको प्रस्ताव दर्ता गर्ने सरकार ढाल्ने योजना बनाएको ।

(५) प्रधानमन्त्रीले पटकपटक छलफलका लागि बालुवाटार आमन्त्रण गर्दा पनि रअका प्रमुख भारत फर्किसकेपछि आफ्ना छोरीहरुलाई भारत पठाएर उनीहरु नआउँदासम्म कार्यकारी अध्यक्षले प्रधानमन्त्रीलाई नभेटेको ।

(६) परराष्ट्र मन्त्रीले मलाई ‘मिल्न सक्ने भए यस्तो गाईजात्रा ननिकाल्नुस् मिल्न नसक्ने भए सल्लाह गरेरै तपाईंहरु अलग अलग हुनुस्‘ भन्ने सुझाव राख्नुभयो ‘मलाई त उहाँको सुझाव मन पर्यो’ भनेर अघिल्लो दिन प्रधानमन्त्रीलाई भन्ने अनि भोलिपल्ट खुमलटारमा भेला पारेर प्रधानमन्त्रीले पार्टी फुटाउने कुरा गर्नुभयो भनेर केपी शर्मा ओलीलाई पार्टी एकता विरोधी भनी झुटको खेती गर्ने ।

प्रचण्डका षड्यन्त्रहरुको दिनप्रतिदिन पर्दाफास हुँदैछ, अरु थप षड्यन्त्रको पर्दाफास हुन थाल्यो भने जनताबाट धेरैनै नांगिनुहुनेछ । अब षड्यन्त्र बन्द गर्नुहोस्, पार्टी स्थायी कमिटी निर्णयको आधारमा अगाडि बढ्नुहोस् यसैमा तपाईंहरुको हित हुनेछ ।

(लेखक युवा संघका नेता हुन्)