सोमबार, १५ मंसिर २०७७
DainikNepal.com
सोमबार, १५ मंसिर २०७७

न्युयाेर्ककाे जेलमा कैदीसँग शिक्षिकाकाे विवाह

दैनिक नेपाल २०७७ कार्तिक १७ गते ७:५८

न्युयाेर्क । अमेरिकामा कानूनकी विद्यार्थी ३२ वर्षीया चेल्सी मुरकाले जेलमा सजाय भाेगिरहेका व्यक्तिसँग विवाह गरेकी छिन् ।

गत साता उनका प्रेमी क्रिस्टोफर ब्ल्याकवेलसँग विवाह भएकाे छ । उनका यी सपना त पूरा भएनन् तर उनले आफूलाई सबभन्दा भाग्यमानी ठानेकी छन् ।

क्रिस्टोफर र चेल्सीको पछिल्लोपटक छ महिनाअघि भेट भएको थियो। त्यसपछि एकैपटक बिहेकै दिन हो, उनीहरूको देखादेख भएको ।

त्यस दिन उनीहरू एउटा खाली कोठामा थिए । छ फिट दुरीमा उभिए । चेल्सीले गाउन र फूलबुट्टे मास्क लगाएकी थिइन् । क्रिस्टोफर सेतो टिसर्ट र कालो मास्कमा देखिए ।

खाली कोठामा अचानक केही टेबुल र कुर्सी राखिए । पृष्ठभूमिमा एउटा पोस्टर झुन्ड्याइएको थियो- पतझड सुरू हुनै लाग्दाको कुनै रंगीन जंगलमा चिटिक्कको पुल उभिएको दृश्य ।

यो कुनै मण्डप भने होइन, न पार्टी प्यालेस । यो वासिङ्टन राज्यस्थित एउटा कारागार हो । ‘मुनरो करेक्सनल कम्प्लेक्स’ (कारागार) को भेटघाट कक्षमा चेल्सी र क्रिस्टोफरले गत सेप्टम्बर १८ मा बिहे गरेका हुन् ।

क्रिस्टोफर जहाँ बेहुला बनेर उभिएका थिए, उनी त्यहाँ बन्दी जीवन बिताइरहेका छन्। बिहे हुँदै गर्दाका प्रत्यक्षदर्शी ‘आफन्त’ कारागारका सुरक्षाकर्मी र कर्मचारी मात्रै थिए।

३९ वर्षीय क्रिस्टोफर र चेल्सीले बिहेबारे जे-जस्तो सपना साँचेका थिए, उनीहरूको अनुभव त्योभन्दा बेग्लै रह्यो। तै पनि उनीहरू आफूले यो सौभाग्य पाएकामा धन्य ठान्छन्। सहयोगीहरूप्रति कृतज्ञता प्रकट गर्छन्।

बेहुला क्रिस्टोफर १७ वर्षदेखि कारावासमा छन्। उनको सजाय थप २५ वर्षपछि मात्र सकिन्छ।

उनलाई सन् २००३ मा डकैतीको अभियोग लगाइएको थियो। यसका लागि आठ वर्षको कैद सुनाइयो। फेरि सन् २००३ मै घरभित्रै आक्रमण गरेर १७ वर्षे जोसुआ मेको हत्या गरेको अभियोग क्रिस्टोफरलाई लाग्यो। सन् २००७ मा अदालतले क्रिस्टोफरमाथिको त्यो अभियोगलाई जघन्य हत्या ठहर गर्दै ३८ वर्षको कैद सजाय सुनायो। वासिङ्टन राज्यले उनलाई ‘परोल’ मा छाड्ने संकेत दिएको छैन। यसको मतलब, उनी सन् २०४५ मा मात्रै जेलबाट निस्कनेछन्।

वासिङ्टनकै ताकोमास्थित हिलटप बस्तीमा उनी हुर्किएका थिए। यो बस्ती सन् १९८० को अन्त्यताका असाध्यै ज्यादा ‘ग्याङ फाइट’ का कारण चर्चामा आएको थियो। अहिले त्यो बस्तीको रूप पूरै फेरिएर सुसंस्कृत भइसकेको छ।

उतिबेलाको त्यो बस्तीमा हुर्केका थिए क्रिस्टोफर। सबभन्दा पहिले उनी १२ वर्षकै उमेरमा कार चोरीको अभियोगमा पक्राउ परेका थिए र छ वर्ष निम्ति पटकपटक जेल गइरहनुपर्ने गरी दण्डित भएका थिए।

यसरी कैदी जीवन बिताउँदाकै क्रममा क्रिस्टोफरले सियाटल सेन्ट्रल कलेजबाट ‘जेनरल एसोसिएट डिग्री’ सम्मको पढाइ गर्न भ्याए। कोलोराडोको अलामोसास्थित ‘एडम्स स्टेट युनिभर्सिटी’ बाट राजनीतिशास्त्रमा स्नातक पनि गर्दैछन्। प्रमाणपत्र पाउन भने उनले अझै केही कक्षाको उपस्थिति पुर्‍याउनै पर्छ।

प्रतिक्रिया
सम्बन्धित