डिसी । अमेरिकन मरिन गोजु कराँतेका खेलाडी कीर्तिमानधारी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड’प्राप्त भएको छ ।
एकमाथि अर्को गर्दै उनले सातौं पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।
३ वर्ष अगाडि उनि अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएका थिए । आधा दर्जनभन्दा ज्यादा कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम बिश्वको आगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।
उनको बिश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा प्रथम गिनिज वर्ल्ड रेकर्ड, नोभेम्बर २०१७ मा दोश्रो, नोभेम्बर २०१८ मा तेश्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौं, फेब्रुअरी २०२० मा छैठौं र फेब्रुअरी २०२० मै सातौ गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।
उनले फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० कै मितिमा सातौं गिनिज वर्ल्ड रेकर्ड भएको घोषणा गरेको थियो ।
महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए । ठकुरीले दशैको भोली पल्ट अक्टोबर २७ ,२०२० बिहान ९:४५ मिनेटमा आफूले सातौ गिनिज वर्ल्ड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।
काठमाडौंमा जन्मिएका ठकुरी २ दशक भन्दा अगाडि अमेरिका आएका हुन् । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।
करातेमा उनले आफ्नो आधा दर्जन भन्दा पृथक विशेष अविष्कार छन् । “फांग खुकुरी काटा” र “फांग ब्रेकिंग” मा सहित उपाधी प्राप्त गरि सकेका छन । बिगतमा भ्यानडम शैलीमा “कुरो बुशि वर्ल्ड च्याम्पियन खेलमा” समेत सम्मानित समेत भएका छन् ।
















प्रतिक्रिया