२९ आश्विन २०८३, बिहिबार

टेकु अस्पतालले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले कोरोना संक्रमितको बिना धरौटी उपचार गर्ने भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पतालले धरौटी लिने प्रावधान हटाउने भएको हो ।आजै अस्पतालले कोरोना संक्रमितको उपचार गर्नका लागि ५० हजारसम्म धरौटी रकम जम्मा गर्नुपर्ने सूचना जारी गरेको थियो।

यसको चौतर्फी आलोचना भएपछि सरकारले धरौटी नलिन निर्देशन जारी गरेको थियो ।

तर संक्रमितको उपचार शुल्क लिने निर्णय भने यथावत रहेको र धरौटी लिने कुरा मात्र फिर्ता गरिने जनाए। त्यस्तै, सरकारले धरौटी रकम माग्ने अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्नेसँग शुल्क लिने र नसक्ने व्यक्तिको निशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत रहेको जनाए ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि शुल्क लाग्ने भने पनि खर्च बेहोर्न नसक्ने संक्रमितहरूको भने निशुल्क उपचार गर्ने भनेको छ। त्यसका लागि सरकारले विभिन्न आधारहरू तोकेको छ।

सरकारले विपन्न वर्ग, अपांगता भएका, ७० वर्ष माथिका जेष्ठ नागरिक र एकल महिलाको निशुल्क उपचार गर्ने भनेको छ । त्यसका लागि आधार अनुसार प्रमाण पत्र अस्पतालमा पेस गर्नपर्ने भनिएको छ ।