
काठमाडौं, १६ कात्तिक । विदेशमा कार्यरत थप ९६३ जना नेपालीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा कार्यरत नेपाली छन् ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गएको हप्ता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपालीमा कोरोना कोरोना सङ्क्रमण देखिएको हो । थप नेपालीमा सङ्क्रमण पुष्टि भए पनि गएको हप्ता कोही पनि नेपालीको विदेशमा कोरोनाका कारण ज्यान गएको छैन ।
अहिलेसम्म विदेशमा ४२ देशमा रहेका ४३ हजार ५६९ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमति नेपाली मध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत निको भएको स्वास्थ्य समितिले जनाएको छ ।
अहिलेसम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।















प्रतिक्रिया