११ कार्तिक २०८३, बुधबार

काेराेना संक्रमित बढेपछि दिक्तेल बजार सिल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिक्तेल, १६ कात्तिक । खोटाङ  जिल्लाकाे दिक्तेल बजारमा कोरोना संक्रमण बढ्दै गएपछि सिल गरिएको छ ।

समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेल बजार सिल गरिएको हो ।

दिक्‍तेलका व्यवसायीहरूमा समेत कोरोना देखिएपछि बजारबासीको आग्रहमा नगरपालिकाले बजार सिल गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कृषि, सिंचाई, वन, खानेपानी, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका नगरक्षेत्रभित्र पर्ने सरकारी अड्डाहरू तथा गैरसरकारी निकायहरू बन्द भएका हुन् ।