२९ आश्विन २०८३, बिहिबार

पछिल्लो २४ घन्टाको कोरोनाको तथ्यांकले के संकेत गर्छ ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–डा. रविन्द्र पाण्डे

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पीसीआर टेस्ट भएको छ । जसमध्ये २ हजार ५ सय ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो प्रतिशतमा हेर्दा २७ ५ प्रतिशत हो ।

त्यस्तै २४ घण्टामा थप १७ जना संक्रमितको कोरोनाबाट मृत्यु भएको छ ।

संक्रमितहरुमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ३ सय ५७ अर्थात ५०.१५ प्रतिशत संक्रमित थपिएका छन् । त्यस्तै, हाल देशभर ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये होम आइसोलेसनमा ३१ हजार ८ जना र संस्थागत आइसोलेसन वा अस्पतालमा ७ हजार ५ सय ७६ जना रहेका छन् । त्यस्तै, मुलुकमा हाल २ हजार ४ सय १० जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो तथ्यांकले देखाउंछ ?

  • परीक्षण निकै कम भयो
  • संक्रमण प्रतिशत धेरै भयो
  • काठमाडौँ उपत्याका बिष्फोटक अवस्थामा पुग्यो
  • मृत्युदर बढ्दैछ
  • क्वारेन्टिनमा असुविधाको कारण त्यहाँ बस्ने एकदम न्यून भए
  • संस्थागत आइसोलेसन प्रभावकारी भएनन्
  • यति सानो संख्या होम आइसोलेसन बाहिर हुँदा पनि अस्पतालमा बेड अपुग छ
  • ९६ जना आइसीयुमा तथा ६९ जना भेन्टिलेटरमा हुँदा कसरी आइसीयु प्याक भए ? जब कि सरकारले २६०० आइसीयु र ९०० भेन्टिलेटर छन् भनेको छ

तथ्यांकले के सल्लाह दिन्छ ?

  • परीक्षण दर जतिसक्यो धेरै बढाउनुपर्छ
  • संक्रमितलाई प्रभावकारी ठाउँमा निगरानी गरेर आइसोलेसनमा राख्नुपर्छ
  • सुविधाजनक आइसोलेसन केन्द्र हरेक वडामा निर्माण गर्नुपर्दछ
  • काठमाडौं उपत्याकामा जनस्वास्थ्यका मापदण्डको अनुगमन तथा निगरानीमा कडाइ गर्नुपर्छ
  • अस्पतालमा दैनिक बेड अडिट गर्नुपर्छ । खालि भएर पनि बेड लुकाउने अस्पताललाई कारबाही गर्नुपर्छ
  • ३ वटा ठूला मेडिकल कलेज, ३ वटा ठूला सरकारी अस्पताल र ३ वटा ठूला प्राइभेट अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गर्नुपर्छ उपत्यका बाहिर पनि संक्रमितको संख्या अनुसार यस्तै ब्यबस्था गर्नु पर्दछ
  • सेनालाई साधन र स्रोत र स्थान दिएर प्रिफ्याबका अस्थायी अस्पताल बिभिन्न ठाउँमा निर्माण गर्नुपर्छ
  • हरेक बेडलाई अक्सिजन बेडको रुपमा बिकास गर्नुपर्छ
  • हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिबार्य गर्नुपर्छ
  • हामी आम नागरिक थप अनुशाशित र सरकार थप जिम्मेवार हुनुपर्छ ।