
काठमाडौं, १५ कात्तिक । खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा १ जनाको मृत्यु भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा आज शनिबार बिहान सोही ठाउँका ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको हो ।
ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाका क्रममा ट्याक्टरको जोत्ने भागले घाँटी लगायतको भागमा गम्भीर चोट लागेका सुवालको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।















प्रतिक्रिया