३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक शर्मालाई कोरोना सङ्क्रमण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेशनमा रहेका छन् ।

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित रहेका थिए ।

महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेशनमा रहेका छन् । उनीहरु दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरानाका सामान्य लक्षण देखिएका छन् ।