शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोठाभित्रै बसिरहन‍े संक्रमितलाई भिटामिन ‘डी’ को कमी

दैनिक नेपाल २०७७ कार्तिक १५ गते ११:०९

काठमाडौं । भिटामिन ‘डी’ ले हाड र मांशपेशीलाई बलियो बनाउँछ ।

यसलेले क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राख्छ । यतिमात्र होइन, डिप्रेशनलाई पनि कम गराउने अध्ययनहरुले देखाएका छन् ।

भिटामिन ‘डी’ को कमीले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा पनि हस ल्याउँछ । यसको अर्थ भिटामिन ‘डी’ को कमीले मोटोपन, मधुमेह, मुटुरोगका समस्या पनि देखिन थालेको अध्ययनहरुले देखाएका छन् ।

भिटामिन ‘डी’ को मुख्य स्रोत सूर्यको किरण हो । सूर्यको किरणमा भएको अल्ट्रा भायोलेट किरणको सहयोगले हाम्रो छालाले भिटामिन ‘डी’ बनाउँछ, जुन प्राकृतिक रुपमा भिटामिन ‘डी’ प्राप्त हुन्छ । खानेकुराबाट पनि भिटामिन ‘डी’ पाइन्छ । माछा र अण्डाबाट पनि प्रर्याप्त मात्रामा भिटामिन ‘डी’ पाइन्छ ।

उत्तर पश्चिम देशहरुमा कोरोना संक्रमित र भिटामिन ‘डी’ को बारेमा एक अनुसन्धान गरिएको थियो । सो अनुसन्धानले संक्रमितहरुमा भिटामिन ‘डी’ कमी भएको पाइयो । साथै, भिटामिन ‘डी’ को कमी भएका संक्रमितलाई जटिलता आउने पनि देखियो ।

संक्रमितहरुमा भिटामिन ‘डी’ को कमी हुनुमा संक्रमण भएपछि घरबाहिर निस्कन नपाउने हुँदा घामको किरणको अभावले हो कि भन्ने अनुमान गरिएको छ । त्यसैले आइसोलेसन घाम छिर्ने खालको हुनुपर्दछ ।

कोरोनाबाट अति प्रभावित चीन, इरान, इटाली, दक्षिण कोरिया, स्पेन, स्वीजरल्याण्ड, बेलायत र अमेरिकामा सो अध्ययन गरिएको थियो । जोन हप्किन्स यूनिभर्सिटिका विज्ञहरु पनि भिटामिन ‘डी’ को समस्या नभएका संक्रमितमा थप जटिलता नआउनेमा सहमत छन् ।

प्रतिक्रिया
सम्बन्धित