
काठमाडौँ, १४ कात्तिक । नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४ हजार ९६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ९ सय २० जना पुगेको छ ।















प्रतिक्रिया