शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एकैदिन थप ३ हजार ३८ जना कोरोनामुक्त

दैनिक नेपाल २०७७ कार्तिक १३ गते १७:२८

काठमाडौँ, १३ कात्तिक । नेपालमा गत २४ घण्टामा थप ३ हजार ३८ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना संक्रमणमुक्त भएको जनाएको छ ।

योसहित निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।

हाल देशभर ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ९ सय ४ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित