शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

२४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना पुष्टि, १७ को मृत्यु

दैनिक नेपाल २०७७ कार्तिक १३ गते १७:१४

काठमाडौँ, १३ कात्तिक । नेपालमा थप २ हजार ३ सय ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ३८ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।

हाल देशभर ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ९ सय ४ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित