३० आश्विन २०८३, शुक्रबार

घरबारविहीन कोषवृद्धि समारोह सम्पन्न, ५ हजार डलर सङ्कलन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिसी, १३ कात्तिक । महामारीमा हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल (एचडीएनपी) द्वारा घरबारविहीका लागि आयोजित कोषवृद्धि समारोह सम्पन्न भएको छ ।

गत अक्टोबर २४ शनिबारका दिन आयोजना गरिएको मेक होमलेस इनडिपेनडेन्ट फन्ड रेजिङ्ग गाला ‘घरबारविहीनका लागि स्वतन्त्र कोष वृद्धि बनाऔं’ भन्ने नारा दिइएको उक्त समारोह अभूतपूर्व भएको आयोजकको दाबी छ ।

अपेक्षा भन्दा ज्यादै सहभागिता रहेको उक्त गाला (उत्सव)ले टेक्सस वरपर घरबारविहीनका लागि आर्थिक सहयोग समेत जुटाउन सफल भएको बताइएको छ । विशेषगरी नेपाली समुदायको साथै बिदेशी अतिथिहरुको सहभागिताले अझ आयोजक उत्साहित भएका थिए ।

कोरोना भाइरसबाट संक्रमित हुने राज्य मध्येकै एक राज्य टेक्ससको ड्यालस नजिक अर्भिङ्ग शहर स्थित हिल्टन गार्डेन इन् डीएफडब्ल्यू साउथमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको नाम नै गाला मेक होमलेस इनडिपेनडेन्ट फन्ड रेजिङ्ग गाला ‘घरबारविहीनका लागि स्वतन्त्र कोषवृद्धि बनाऔं’ रहेको उक्त समारोहमा करिब १३० जनाको उपस्थिति रहेको थियो ।

कूल आम्दानी १५ हजार ९०३ डलर भएको थियो भने खर्च १० हजार ३८५ डलर भई संस्थाको हातमा कूल ५ हजार ५१८ हात लागेको आयोजकले बताएको छ । एचडीएनपी अन्तरराष्ट्रियको तर्फबाट संस्थापक/प्रमुख कार्यकारी अधिकारी (सीईओ) देवी डेविड आचार्यले स्वागत गरेका थिए भने उक्त कार्यकमका लागि विदेशी तथा नेपालीहरुले सौजन्यकर्तालाई विशेष धन्यवाद दिए ।

सौजन्यकर्ताहरुमा मध्ये प्रोजपेरिटी बैंकका ब्रेट बेल, सुप्रिम ट्याक्स एण्ड फाइनान्सका सञ्चालक कमल शर्मा तथा सरिता शर्मा, न्यायाधीश मेगन फाहे तथा न्यायाधीश प्याट्रिका बाकाबेनेट लगायत दर्जनौं रहेका थिए ।

समारोहका प्रमुख अतिथि आर्लिंगटन लाइफ शेल्टरका कार्यकारी निर्देशक जिम रिडर रहेका थिए भने गालाका सभापति ब्रेट बेललाई बनाईएको थियो । समारोहमा रातो गलैंचासहित कार्यक्रमको सुरुवात बेलीनिज नृत्य समूहको प्रस्तुति रहेको थियो ।

कार्यकममा स्वयम्को तस्वीर लिने समेत व्यवस्था गरिएको थियो भने सिखा खत्रीको विशेष नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रममा सन् २०१९ र २०२० को लागि कम्मल सङ्कलन गर्ने कार्यक्रममा उल्लेखनीय भूमिका निर्वाह गर्ने तथा युथ वर्ल्डका डार्ला शिर्ले तथा ग्लोरिया माथुरलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा हास्य प्रस्तुति गरिनुको साथै सुश्रिम आचार्यको नृत्य रहेको थियो ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल (एचडीएनपी) नामक संस्थाले टेक्सास राज्यको ड्यालस वरपर रहेका असहाय, गरिब तथा घरबारविहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना निःशुल्क खुवाउने काम गर्छ ।

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदानको आयोजना गर्दछ । संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तीकरण गर्ने काम पनि गरिरहेको छ ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवारविहीन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका वृद्धवृद्धाहरुलाई समेत विशेष सहयोग प्रदान गर्दै आएको छ ।