बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘उद्यमी टक सिरिज–लेभल ४ समूह निर्माण’ सम्पन्न

दैनिक नेपाल २०७७ कार्तिक १३ गते १२:२३

काठमाडौं, १३ कात्तिक । हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा गत आइतबार ‘उद्यमी टक सिरिज–लेभल ४ समूह निर्माण’ सम्पन्न भएको छ ।

दशैंलाई लक्षित गर्दै आयोजना गरिएको हल्ट प्राइजमा ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो ।

इभेन्टमा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, फिनिक्स एरिजोनाका प्रा. स्कट मार्सल ब्राण्डोन, यल्लोस्पार्कका सहसंस्थापक अपर्ना जोशी खन्ड्वाला, चीनको माइहोमीकी मिडिया म्यानेजर जीन्सी क्षु लगायतको विशेष उपस्थितिमा समूहगत छलफल भएको थियो ।

उनीहरूले आ–आफ्ना अनुभव साट्नुका साथै नयाँ उद्यमशीलताका लागि सहभागीहरुलाई अभिप्रेरित गरेका थिए ।

सो इभेन्टमा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर, मिस नेपाल इन्टरनेस्नल २०१६ वर्षा लेखि, मिस नेपाल अर्थ् २०१८ प्रिया सिग्देल र आजकल फेसबुकमा भाइरल बनेको ‘सेवेन रिजन्स यु सुड नेभर भिजिट् नेपाल’की प्रवक्त मान्सी अग्रवालहरूको अर्को प्यानल डिस्कसन पनि भएको थियो ।

उक्त कार्यक्रममा सेलिब्रेटी अतिथिको रुपमा गायकहरू शास्वत खड्का, स्मिता दाहाल, सुरजराज खत्री, भेषराज तिमल्सिना तथा कमिडियन आयुष श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो ।

कार्यक्रममा सहभागीहरूले विभिन्न प्रश्नहरू गरी छलफल गरेका थिए । त्यसपछि ‘म्युजिकल इभ’ सुरू भएको थियो ।

हल्ट प्राइजको फेसबुक पेजमार्फत लाइभ अझै पनि हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित