३० आश्विन २०८३, शुक्रबार

९ जना सामाजिक अभियन्तासहित संघसंस्थाहरूलाई ‘कोभिड–१९ च्याम्पियन’ सम्मान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, १३ कात्तिक । ‘कोभिड–१९ च्याम्पियन’ अवार्डबाट विभिन्न ९ जना व्यक्ति/व्यक्तित्वसहित केही सामाजिक संघसंस्थाहरुलाई सम्मान गरिएको छ ।

युनाइटेड शेर्पा एशोसियसन (शेर्पा किदूग) न्यूयोर्क र ह्युमानिटेरियन अफ दि वर्ल्डले संयुक्त रुपमा नेपाली र साउथ एशियन सामाजिक अभियन्ता र संघसंस्थाहरूलाई सम्मान गरेको हो ।

गत शनिबार न्यूयोर्कस्थित शेर्पा किदूगको गुम्बामा आयोजना गरिएको ‘कोभिड–१९ च्याम्पियन अवार्ड २०२०’ मा सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, शेर्पा किदूगका संस्थापक प्रेसिडेन्ट सोनाम जि शेर्पा, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, युवा नेता नवराज केसी, युवा नेता सोमनाथ घिमिरे, नेपाली जनसम्पर्क समिति अमेरिका महासचिव मुनिन्द्र नेम्वाङ, एनआरएन अमेरिका न्यूयोर्क च्याप्टर रामहरि अधिकारी, पासङ लामा र जगदिश सवानीलाई सम्मान गरिएको हो ।

त्यसैगरी तेन्जिङ नोर्गे शेर्पा फाउन्डेशन, डुक्पा यूएसए, एटोम्स इंक, सिंगापुर गोर्खा पुलिस एक्स–सर्भिसमेन एशोसिएसन, नेपालीज अमेरिका नर्स एशोसिएसन, सेवा इन्टरनेशनल, हिन्दू स्वयंसेवक संघ यूएसए, गायत्री चेतना सेन्टर, विश्व हिन्दू परिषद् अफ अमेरिका, ग्रो एनवाईसी र रबिनहुड फाउन्डेशनलाई पनि सम्मान गरिएको छ ।

उक्त वितरण समारोहमा शेर्पा किदूगका अध्यक्ष उर्गेन शेर्पा, ह्युमानिटेरियन अफ दि वर्ल्डका संस्थापक डा. अदल हुसैन र शेर्पा किदूगका बोर्ड अफ ट्रस्टी प्रेसिडेन्ट पेम्बा शेर्पाले सम्मान प्राप्त गर्ने व्यक्ति तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई कदरपत्र प्रदान गरेका थिए ।

सोही समारोहमा युनाईटेड शेर्पा एशोसिएसन (शेर्पा किदूग) लाई न्यूयोर्क स्टेट् एसेम्ब्लीबाट प्रोक्लेमेसन र न्यूयोर्क सहरको क्वीन्स् बोरो प्रेसिडेन्ट सारोन ली र काउन्सिल मेम्बर डानियल ड्रोमबाट साईटेसन जारी गरी सम्मान गरिएको थियो ।

समारोहको सञ्चालन शेर्पा किदूगका महासचिव कर्मा लामाले गरेका थिए ।