बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नबिल बैंक एडीबीको “नेपालमा अग्रणी पार्टनर बैंक”अवार्डबाट सम्मानित

दैनिक नेपाल २०७७ कार्तिक १२ गते २०:३३

काठमाडौँ, १२ कात्तिक । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।

एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१० देखि ३० जून २०२० सम्म नेपालमा टीएससीएफपी सँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित