शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बुधबार थप १९ सय ५४ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

दैनिक नेपाल २०७७ कार्तिक १२ गते १८:२०

काठमाडौँ, १२ कात्तिक । नेपालमा थप १ हजार ९ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ९ सय ८१ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।

हाल देशभर ३९ हजार ६ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ८ सय ८७ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित