८ कार्तिक २०८३, आइतबार

कात्तिक १५ गतेबाट बोलाइएको नेकपा केन्द्रीय कमिटी बैठक अनिश्चित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं
, १२ कात्तिक । नेकपा केन्द्रीय कमिटीको बैठक कात्तिक १५ गतेबाट बोलाइएको छ ।

काठमाडौंमा बैठक बोलाइए पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच धेरै विषयमा मतभेद रहेकाले बैठक अनिश्चितहुने सम्भावना छ ।अध्यक्षद्वयबीच आधारभूत विषयमा समझदारी नबनेसम्म बैठक नबस्ने एक नेताले बताए ।

बैठकका लागि देशका विभिन्न भागबाट केन्द्रीय सदस्यहरू काठमाडौं आउने क्रम भने सुरु भएको छ । नेकपा केन्द्रीय कमिटी बैठक झण्डै एक वर्षपछि बस्न लागेको हो । नेकपा नेताहरूले बारम्बार बैठकको माग गर्दै आएका थिए ।