
काठमाडौं, ८ कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पत्तीलाई कोरोना संक्रमण भएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराई र उनकी धर्मपत्नी समेत रहेकी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण भएको हो । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । उनीहरु दुबै जना होम आइसोलेसनमा बसेका छन् ।
‘हिसिला र म दुबैलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमै रहनेछौं, पछिल्ला दिनहरूमा हाम्रो निकट सम्पर्कमा रहनुभएका सबैले विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध छ ।’ भट्टराईले आज सामाजिक सञ्जालमा लेखेका छन् ।















प्रतिक्रिया