३ कार्तिक २०८३, मंगलबार

लघुकथा – सपना

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-राजु तिवारी

मलाइ एक जना आफन्तले फोन गर्नु हुन्छ ।

हेलो, म फोन उठाउँदै भन्छु ।

हजुर त यहाँ आइज त ! (मैले उहाँको फोन कहिल्यै उठाउदिन किनकि उहाँसँग मेरो राम्रो सम्बन्ध छैन त्यही भएर झुक्यायर अरुकै मोबाइल नम्बरबाट फोन आएको थियो )

उहाँले अरु मलाइ झुक्याएर मेरो साथी दिपिका (नाम परिवर्तन) अप्ठ्यारोमा छ । त आइज भन्नु हुन्छ ।

अनि म सरासर गाडी लिएर स्याङ्जाको प्रशिद्ध धार्मिक स्थल सेतिबेणि जान्छु । जाँदा त्यहाँ मेरो साथी अलि टाढा बस्नु भएको हुन्छ । त्यो बिचमा शारिरिक अशक्त भएका दुइ जना बुवाआमा जसले आखा देख्नु हुन्न भन्ने थाहा पाएँ ।

जुन मेरा आफन्तले झुक्याएर म पछि दिन्छु भनेर पच्चिस हजार रुपैयाँ लिएर गएको होइछ जुन कुरा त्यही भएको मेरो अमृत भन्ने दाइले थाहा पाएको रैछ । त्यो पैसा लगे बापत मेरो छोरासँग गाडी छ । छोराले हजुरहरुलाइ घर घरमा पुर्याइदिन्छु भनेर हिँडेको कुरा थाहा पाएँ दाई ।

अमृत दाईसँग पारिवारिक व्यवहारिक कुरा गर्दै करिब १ घण्टा जति बसियो । दाइले हाँस्दै भन्नु भयो गएर छोडेर आइज । कता कता दाई रिसाएको आभास देखेको थियो अनुहारमा । त्यतिकैमा मेरो आफन्तले म जाने बित्तिकै खल्तीमा तिन हजार रुपैयाँ हालेका थिए जुन मेरो गाडीमा तेल हाल्न भनेर

हिँडेका उनी बल्ल थाहा पाएँ त्यो पैसा पनि त्यही अशक्त बुवा आमाले दिनुभएको रहेछ । यो कुरा थाहा पाएपछि मैले मेरो साथिलाइ भने यस्तो यस्तो भएको हैछ भनेर भनेपछि मसँग रिसाएर झगडा सुरु भयो ।

त्यो पैसा किन लगेको भन्दै धेरै समय झगडामा खर्चियो । अलिकति माथिसम्म हिँड्नपर्ने बुबाआमा राम्रोसँग हिँडडुल गर्न गाह्रो हुनि बल्ल बल्ल हिँडियो ।

पछि त्यो ठाउँबाट हिँडेपनि बुवाआमासँग मेरो भेट्नै भएको छैन । त्यो मेरो आफन्तले लिएको २५ हजार र मलाई दिएको ३ हजार फिर्ता गर्न मन छ । भेट नै भएन ..!