
काठमाडौँ, ६ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ”डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको छ ।
बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत दशैमा दक्षिणा पठाउँदा २५५ सम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोग कर्ताहरुले दसैँको दिनदेखि द्वादशी सम्म तीन पटक गरी ५ सय रुपैयाँभन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यसरी दक्षिणा पठाउँदा विवरणमा भने “दक्षिणा” भनी खुलाउन पर्नेछ । महान चाड दसँैलाई लक्षित गरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोनाभाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।
यसका साथै दसैँलाई लक्षित गरी बैंकले डिजिटल सहायता केन्द्रको समेत व्यवस्था गरेको छ ।















प्रतिक्रिया