
काठमाडौँ, ६ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा ११२ गरी उपत्यकामा १ हजार ५ सय ५२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
वुधबार उपत्यकामा ३ हजार १ सय ७ जना संक्रमित थपिएका थिए ।
देशभर बिहीबार थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ८ सय १२ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया