८ कार्तिक २०८३, आइतबार

थप ३६ सय ३७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या साढे ४४ हजार बढी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ कात्तिक । नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार २ सय १५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।

हाल देशभर ४४ हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ८ सय १२ जना पुगेको छ ।